लोमान्थाङ र लोघेकरमा एमालेका उम्मेदवारको मनोनयनपत्र दर्ता

जोमसोम—
बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन—२०७९ का लागि मनोनयन दर्ताको दोश्रोदिन उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले धमाधम उम्मेदवारी दर्ता गरेका छन् ।मनोनयपत्र दर्ताको दोश्रोदिन लोमान्थाङ गाउँपालिकामा एमालेका २३ जना र लोघेकर दामोदरकुण्डमा ५ जनाले मनोनयपत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।यस्तै,घरपझोङ गाउँपालिकामा दोश्रोदिन १ जनाको मनोनयनपत्र दर्ता भएको छ भने वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा अहिले कसैको उम्मेदवारी दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयपत्र दर्ताको दोश्रोदिन लोमान्थाङमा नेकपा एमालेका तर्फबाट अध्यक्ष टसी नर्वु गुरुङ र उपाध्यक्षमा छिमी बिष्ट गुरुङसहित २३ जनाले २३ पदमा उम्मेदवारी दर्ता गरेको लोमान्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।मनोनयपत्र दर्ताको पहिलोदिन त्यहाँ नेपाली कांगे्रसका तर्फबाट अध्यक्षमा टसी गुरुङ र उपाध्यक्षमा छिरिङ ढोका गुरुङसहित २३ पदमा २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा एमालेका तर्फबाट लोप्साङ छोम्फेल बिष्टले उम्मेदवारी दर्ता गरे । उनी लोघेकर दामोदरकुण्ड गापाको अध्यक्ष पदमा उम्मेदवार बन्न अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।यस्तै ,एमालेका तर्फबाट छिरिङ ल्हामो गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनी जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख थिईन् । लोघेकरमा उपाध्यक्ष बन्ने भएपछि दुईदिन अघि जिसस प्रमुखबाट राजिनामा दिएकी थिईन् । लोघेकरमा अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षसहित दुई सदस्यले उम्मेदवारी दर्ता गरेका छन् । लोघेकरमा उम्मेदवारी दर्ता गर्ने काम भईरहेको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए ।
यस्तै,मुस्ताङको घरपझोङ गाउँपालिकामा मनोनयपत्र दर्ता गर्नेदिनको पहिलोदिन एकजनाले मात्र उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए ।यहाँ नेपाल नेकपा समाजवादीको तर्फबाट जिसस सदस्य दुर्गादेवी रसाईलीले पदबाट राजिनामा दिदै मनोनयनपत्र दर्ता गरेकी हुन् ।यहाँ नेपाली कांग्रेस र एमालेले मनोनयपत्र फारम लिएपनि मनोनयपत्र दर्ता भने नभएको उनले बताए ।स्थानीय तह निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा पहिलोदिन र दोश्रोदिनको १ बजेसम्म कसैको उम्मेदवारी दर्ता नभएको जनाईएको छ । त्यहाँ राजनितिक पार्टीले मनोनयपत्रको फारम लैजाने र उम्मेदवारी दर्ता प्रक्रियाका बारे सोधपुछ गर्ने काम भने भईरहेको छ ।








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया