पोखराको मेयरमा कांग्रेसका पूर्व कास्की कोषाध्यक्ष सापकोटाले दिए वागी उम्मेदवारी

पोखरा ।
पोखराको मेयरमा कांग्रेसका पूर्व कोषध्यक्ष ऋषि सापकोटाले वागी उम्मेदवारी दर्ता गरेका छन् ।
सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि ०६४ सालसम्म कोषाध्यक्ष थिए । कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । “कांग्रेसले आफ्नो मुल्यमान्यता शिद्धान्त विपरीत अन्य दलमा कांग्रेस कार्यकर्तालाई भोट दिन बाध्य पारियाे, यसैको विरोध स्वरुप मेरो उम्मेदवारी हो,” सापकोटाले भने ।
पोखरा ९ निवासी सापकोटा पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छन् । सापकोटा पोखरामा पूराना व्यवसायका परिचित छन् । आइतबार मात्र कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले पनि आफूले कांग्रेस मतदातालाई अन्य चिन्हमा भोट दिन बाध्य पारिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ थियो ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया