जसले वडाध्यक्षबाट राजीनामा गरे, तर उम्मेदवारको टिकट पाएनन्
समाधान संवाददाता
२०७९ वैशाख १३ गते १२:१७

पोखरा ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान निर्वाचन आयोगले राख्यो । फेरि उम्मेदवार बन्ने पक्का भएका जनप्रतिनिधले कार्यकाल नसकिँदै धमाधम राजीनामा पनि गरे ।
पोखरा महानगरपालिकाको वडा नम्बर ३ र ४ का वडाध्यक्ष क्रमश: रवीन्द्रबहादुर प्रजू र शंकर बास्तोलाले पनि फेरि उम्मेदवारी दोहोर्याउने आकांक्षा राखेका थिए । उनीहरुले वडाध्यक्षबाट राजीनामा पनि गरे । तर कांग्रेसले उनीहरुलाई टिकट दिएन । पार्टिले टिकट नदिएपछि उनीहरुले सोमबार उम्मेदवारी दर्ता गराउन पाएनन् ।
नेपाली कांग्रेसले पोखरा ३ मा प्रकाश उदास र ४ मा देवकृष्ण पराजुलीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया