निर्माण व्यवसायी कन्स्ट्रक्सन होलिडेमा

लेखनाथ l
मूल्यवृद्धिमा सरकारी निकायले कुनै ध्यान नदिएको भन्दै निर्माण व्यवसायी काम रोकेर कन्स्ट्रक्सन होलिडेमा उत्रिएका छन् । निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत कास्कीका निर्माण व्यवसायीले पनि मगंलबार धर्ना दिएका थिए ।
पोखराको सहिदचोकमा १ घण्टा शान्तिपूर्ण धर्ना दिँदै उनीहरुले आफ्ना मागका बारेमा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । नेपाल निर्माण व्यवसायी संघ कास्की र नेपाल निर्माण व्यवसायी संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा कास्कीको जिल्ला प्रशासन कार्यालयअघि नाराबाजी समेत भएको थियाे । पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिले निर्माण सामग्रीमा पनि चर्को मूल्य बढेको उनीहरुले बताए ।
यो मूल्यवृद्धि आम व्यवसायीले थाम्न नसक्ने भएकाले यसतर्फ सरकारले पहल गर्नुपर्ने उनीहरुको माग छ । व्यवासायीको घोषित कार्यक्रम अन्तर्गत देशैभरिका ७७ वटै जिल्लाका प्रशासन कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री तथा प्रदेश प्रमुखको कार्यालय अघि बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइएको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य सरोज श्रेष्ठले जानकारी दिए । मूल्यवृद्धिबाट व्यवसायीमा परेको मार सरकारले सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्ने संघ कास्की सहकोषाध्यक्ष ध्रुवबाबु भट्टराईले बताए ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया