पोखरा बचतको स्थापना दिवस

पोखरा l
पोखरा ९ नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० सौं स्थापना दिवस मनाएको छ । संस्थाले पोखरा २५ हेमजा स्थित मानवसेवा आश्रमलाई २५ हजार सहयोग गरेको छ ।
संस्थाका उपाध्यक्ष शम्भुराज बास्तोलाले आश्रमका सञ्चालकलाई रहयोग रकम हस्तान्तरण गरे । उनले संस्थाको वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम जस्तो पवित्र परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
०५९ वैसाख १२ गते स्थापित पोखरा बचतमा ४ हजारभन्दा बढी सेयर सदस्य छन् । १० करोड ४८ लाख सेयर पुँजी रहेको यो सहकारीले आ.व. २०७७÷०७८ मा २ करोड २९ लाख ६३ हजार खूद नाफा आर्जन गरेको कोषाध्यक्ष हिरामणि दाहालले बताए । पोखरा ९ नयाँबजार स्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको पोखरा बचतले पोखरा ८ सिर्जनाचोक र अमरसिंहचोकमा २ सेवा केन्द्र चलाईरहेको संस्थाका सल्लाहकार आशबहादुर गुरुङले जानकारी दिए ।








जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया