नेकपा पोखरा १२ मा निर्वाचन परिचालन कमिटी

समाधान संवाददाता २०७९ वैशाख १५ गते १२:२४

पोखरा l
नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १२ ले स्थानीय तह निर्वाचनको लागि चुनावी अभियान अन्तर्गत निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालनका लागि एमाले १२ का अध्यक्ष बलराम ढुंगना मुल समिति संयोजक रहने गरी कमिटी बनेको हो ।

Advertisement

कमिटीको प्रचारप्रसार समिति संयोजकमा विक्रम रायमाझी छन् । युवा परिचालन उपसमिति सन्दीप गुरुङ सहित १०१ सदस्यीय कमिटी गठन भएको छ । सोमलाल सुवेदी सहित ५१ सदस्यीय बुद्धिजीवी परिषद उपसमिति गठन गरिएको छ । महिला परिचालन उपसमिति कमिटीमा सीता शर्मा सहित १०१ सदस्यीय छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उपसमिति रुद्रबहादुर गुरुङ सहित ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज उपसमिति खीमबहादुर गुरुङ सहित ५१ सदस्यीय कमिटी गठन भएको छ । बलबहहादुर केसी सहित ७ सदस्यीय आर्थिक परिचालन उपसमिति गठन गरिएको छ । कार्यालय व्यवस्थापन उपसमिति शिवलाल रिमाल सहित ५ सदस्यीय कमिटी गठन भएको छ । प्रतिवद्धता तयारी उपसमिति संयोजक क्रषिराम लामिछाने सहित ११ सदस्यीय कमिटी गठन गरिएको छ । संघसंस्था समन्वयन उपसमिति तीर्थलाल श्रेष्ठ सहित २१ सदस्यीय कमिटी गठन भएको छ । तेजबहादुर गुरुङ सहित ३१ सदस्यीय ज्येष्ठ नागरिक परिचालन उपसमिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया