स्थानीय तह निर्वाचन २०७९
धनराज आचार्य टिमको घोषणापत्र-फेवा-बेगनास जोड्ने मेट्रो रेल
‘समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पूर्वाधार’

पोखरा l
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको नेतृत्वमा पोखरा महानगरपालिकाको निर्वाचनमा होमिएको सत्ता गठबन्धनले बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ । गठबन्धनको घोषणापत्रमा पूर्वाधारलाई मुख्य प्राथमिकतामा दिइएको छ ।
सत्ता गठबन्धनबाट पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य मेयर र कांग्रेसकी कोपिला रानाभाट उपमेयर उम्मेदवार छन् । गठबन्धनमा सामेल दलहरुका नेताहरुसमेतको सहभागितामा घोषणापत्र सार्वजनिक गरिएको हो ।
मेयरका उम्मेदवार आचार्यले घोषणापत्रका मुख्य बुँदाबारे जानकारी दिँदै मेट्रोबाट फेवा–बेगनास जोड्ने योजना सुनाए । ‘अघिल्लो घोषणापत्रमा भएका योजना पूरा गरिदिएको भए त्यो पार्टी (एमाले) छोड्नुपर्ने परिस्थिति बन्ने थिएन,’ आचार्यले भने । मेट्रो रेलको योजना २०७४ सालमा एमालेको घोषणापत्रमा पनि थियो । त्यतिबेला आचार्य एमालेमै थिए । त्यति बेला एमालेको घोषणापत्र बनाउने टिमको अगुवाइ आचार्यले नै गरेका थिए ।
तालदेखि तालसम्म मेट्रो रेल चलाउने सपना कुँदिएको घोषणापत्रमा लेकसाइडसम्म सडक दायाँबायाँ इलेक्ट्रिक ट्रेन चलाउने योजना पनि समावेश छ । आचार्यले पोखरामा सुरुङमार्ग निर्माणको योजना पनि सुनाए । तर कहाँ भन्नेचाहिँ खुलाएनन् । सदावहार मुद्दाका रुपमा रहेको पोखरा रिङरोड निर्माणलाई पनि गठबन्धनको घोषणापत्रमा समेटिएको छ । अहिले मुख्य चुनौतीका रुपमा रहेको ल्यान्डफिल साइट निर्माण पनि घोषणापत्रमा छ । फेवा लगायत पोखराका तालहरुको संरक्षण एवं सेती नदीको संरक्षण गर्ने योजना आचार्यले सुनाए । ‘५ वर्षभित्र फेवातालको कुनै पनि समस्या सुन्न नपर्ने बनाउँछौं,’ उनले भने ।
‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ नारा दिएर ल्याइएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका मुद्दालाई सम्बोधन गर्ने योजना राखिएको छ । गठबन्धनले पोखरामा १० लाख पर्यटक बर्सेनि भिœयाउने लक्ष्य पनि सार्वजनिक गरेको छ ।
‘स्याटलाइट टाउन’ पोखराका ग्रामीण क्षेत्रमा बनाउने गठबन्धनको योजना घोषणापत्रमा छ । ‘४० देखि ५० हजार जनसंख्याका लागि पोखरा महानगरका ग्रामीण ईलाका वा सँगै जोडिएका अन्य ठाँउमा ‘ग्रेटर पोखरा’को अवधारणासँग तालमेल मिल्ने गरी ५ वटा सेटलाइट टाउन निर्माण गछौं,’ आचार्यले भने ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट फराकिलो सडकले सहरी क्षेत्रलाई जोड्ने योजना आयार्यले सुनाए । आचार्यको योजना नागरिकको आर्थिक हैसियत अनुसारको परिचयपत्र वितरण गर्ने पनि छ । गरिब, मध्यम र उच्च वर्गका कार्ड बनाउने र गरिबलाई सहुलियत दिने उनको योजना हो ।
चोकहरुमा आकासे पुल तथा अन्डरपास÷बाइपास, अन्तर्राष्ट्रिय सभाहल, स्वचालित ट्राफिक सिग्नल, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्डरग्राउन्ड पार्किङ र तालहरुलाई जोड्ने साइकल लेन लगायत पूर्वाधारलाई गठबन्धनको घोषणापत्रले प्राथमिकताको सूचीमा राखेको छ । ‘भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता योजनामा सिन्को भाँचेन । वर्तमान महानगरको नेतृत्व र यो रबैयाको विकल्प निर्वाचनमार्फत दिनुछ आम पोखरेली जनताले,’ आचार्यले भने । कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले न्यायिक समितिमा आएका मुद्दा अदालतसम्म पु¥याउन नपर्ने वातावरण बनाउने बताइन् ।
‘पहिलो ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनाका साथ प्लस २ तहको अध्ययन सकाएका यस क्षेत्रका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइएन, वेबपेज डिजाइन, भिडिओ एडिटिङ, वेटर आदि जस्ता सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
—चोकहरुमा आकासे पुल तथा अन्डरपास-बाइपास
—अन्तर्राष्ट्रिय सभाहल
—स्वचालित ट्राफिक सिग्नल
— अन्तर्राष्ट्रिय क्रिकेट मैदान
—अन्डरग्राउन्ड पार्किङ
— तालहरुलाई जोड्ने साइकल लेन
— पहिलो ६ महिनामा ३००० रोजगारी थप गर्ने
खेलकुदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउनका लागि ५ देखि १२ कक्षाका विद्यार्थीलाई लक्षित गरी महानगरीय खेलकुद एकेडेमी स्थापना गरिने योजना आचार्यले सुनाए । महानगरभित्र हाललाई सुरुमा ६ वटा सार्वजनिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकसित गर्न ब्याकअप गरिने योजना गठबन्धनले घोषणापत्रमा समेटेको छ । ‘५ वर्षभित्रमा सबै सामुदायिक विद्यालयलाई स्तरोन्नति गराइनेछ,’ आचार्यले भने ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया