मादीका अटेरी उम्मेद्वारसहित एक दर्जन स्थानीय एमाले प्रवेश

पोखरा ।
कास्कीको मादी गाउँपालिकामा एक दर्जन स्थानीय नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेद्वारी दिएका बुद्धिप्रसाद लामिछानेलगायत स्थानीय शुक्रबार एमाले प्रवेश गरेका हुन् ।
लामिछानेले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेद्वार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूणसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि पन्त, सुजन लामिछाने, धम्मे विक र गोविन्द लामिछाने एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेद्वार रहेका शिवबहादुर गुरुङ ९महेन्द्र०, उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ९श्याम०लगायतले पार्टीमा स्वागत गरेका थिए ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया