एमालेलार्ई समर्थन गर्दै पोखरा १४का विकास थापाले लिए स्वतन्त्र उम्मेदवारी फिर्ता

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका विकास थापाले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
वडामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेपछि आफूले एमाले उम्मेदवारलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएको थापाले सुनाए । थापाले फेस्बुकमा लेखेका छन्, ‘सम्पूर्ण १४ नम्बर वडामा काँग्रेस र माओवादीको गठबन्धनका कारण मैले पनि आफ्नो स्वतन्त्र उम्मेदवारी झिकी एमालेलाई पूर्ण रुपमा समर्थन गरेको छु । सूर्य चिन्हमा मतदान गरी एमालेलाई अत्याधिक मतले विजय गरौं ।’
एमालेबाट पोखरा १४ को वडाध्यक्षमा डेलबहादुर गुरुङ चुनावी मैदानमा छन् । भने, वडासदस्यमा मानबहादुर भुजेल, सिर्जना सुनार गोपालप्रसाद सापकोटा र सरिता बास्तोला छन् ।

शनिबार नै एमालेले क्षेत्र नम्बर ४ मा घरदैलो सकेर ठूलो कोणसभा गरेको चुनावी प्रचारप्रसार समितिका संयोजक पृथ्वी कुँवरले जानकारी दिए । कोणसभालाई एमाले पोखरा महानगरपालिका १४ का पार्टी अध्यक्ष बटुकृष्ण (कृष्ण) कुँवरले सम्बोधन गरेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया