लुम्बिनी बैंकको प्रभातफेरी

पोखरा l
लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणमा वित्तीय पहुँचको विस्तार गर्नपोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ । बैंकले विभिन्न वित्तीय साक्षरता सम्बन्धित जनचेतनामूलक गतिविधि गर्दै आएको छ ।
बैंकको पोखरामा अवस्थित न्यूरोड शाखाबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुनः न्यूरोड शाखामा आएर समापन भयो । प्रभातफेरीमा बैंकको पोखरा शाखा तथा बैंकको केन्द्रीय कार्यालयबाट समेत कर्मचारीको सहभागिता थियो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सबैको पहुँचमा बैंक पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले गाउँमा हैन, सहरमा पनि बैंकको पहुँच बाहिर मानिस रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले सर्वसाधारणमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया