मतदाताको घरदैलोमा पोखरा २२ का एमाले उम्मेद्वार

पोखरा ।
नेकपा एमाले पोखरा, २२ ले मतदाता भेटघाटलाई तीव्र पारेको छ । उम्मेद्वारसहित नेता–कार्यकर्ता बिहानदेखि साँझसम्म मतदाता भेटघाटमा व्यस्त छन् ।
आइतबार ढावा उल्लेरी, माथिल्लो खाल्सेलगायत ठाउँमा घरदैलो गरिएको एमाले पोखरा २२ अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए । ‘मतदाताको प्रतिक्रिया राम्रो छ । घरघर पुगेका छौँ । हाम्रा प्रतिबद्धतापत्र पनि एक / दुई दिनमा सार्वजनिक गर्छौं,’ उनले भने । पोखरा २२ पुम्दीभुम्दी कृषि उत्पादन धेरै हुने ठाउँ हो । विशाल महादेव मूर्तिले आन्तरिक र बाह्य पर्यटकलाई तानेको छ । त्यसैले कृषक, पर्यटन र सडकलाई मुख्य आधार बनाएर घोषणापत्र बनेको बरालले बताए ।
पोखरा २२ मा एमालेबाट वडाध्यक्षमा प्रकाशचन्द्र गुरुङ, खुल्ला वडा सदस्यमा लिलाधर पौडेल र सञ्जिव गुरुङ, महिला सदस्यमा कृष्णकुमारी पौडेल र दलित महिला सदस्यमा सीता विक उम्मेद्वार छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया