पोखरा २१ मा माओवादी र कांग्रेस छाेडेर धमाधम एमालेमा प्रवेश

समाधान संवाददाता २०७९ वैशाख १९ गते १९:३३

पोखरा ।

Advertisement

पोखरा २१मा पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । केही दिनअघि पोखरा २१ तरुण दलका उपाध्यक्ष राजु गिरीसहित केही युवाहरु एमालेमा प्रवेश गर्दै घरदैलोमा अघि बढेका छन् ।

यस्तै कृष्तिका सन्तोष अधिकारी र गिता थापा पनि कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमालेको घरदैलो कार्यक्रमलाई स्वागत गर्दै निर्मलपोखरी मैदानकी लक्ष्मी नेपाली नेकपा एमालेमा प्रवेश गरिन् ।

एमालेमा दिन अघि मात्रै प्रवेश गरेका राजु गिरीले अबका केही दिनमा कांग्रेस र माओवादीका २५ देखि ३० जना सक्रिय युवाहरु एमाले प्रवेश गर्ने बताए ।

पोखरा २१का विभिन्न ठाउँहरुमा घरदैलो कार्यक्रम जारी रहेको वडा कमिटि अध्यक्ष राजेन्द्र थापाले जानकारी दिए । जनताको उत्साह हेर्दा उम्मेदवारहरु भारी मतले विजयी हुने उनको भनाई छ ।

Advertisement

नेकपा एमाले कास्की जिल्ला कमिटिका सचिवालय सदस्यहरु चन्द्र रोकाय, युवराज पौडेल, केशव आचार्य, जिल्ला कमिटि सचिवालय सदस्य तथा जिल्ला पार्टी कार्यालय सचिव हिरा गिरी, जिल्ला सदस्य तथा पोखरा २१ इन्चार्ज अर्जुन गिरी, जिल्ला सदस्य तथा वडाध्यक्ष खगराज आचार्य लगायत डेढ सय बढी नेता कार्यकर्ता घरदैलोमा सक्रिय छन् ।

तपाईको प्रतिक्रिया