एमालेसँग अरू पार्टी तुलना गर्न सकिन्न: जिसी

समाधान संवाददाता २०७९ वैशाख २० गते १३:२९

पाेखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलाे कार्यक्रम नियमित गरेका छन् । घरदैलो कार्यक्रममा स्थानीयवासी ९० वर्षीय रीता थापाले एमाले नै भत्ता दिने पार्टी भएको हुँदा सूर्यमा भाेट खसाल्ने बताइन्।

Advertisement

चुनाव प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिनाले अब सूर्य ध्वाजाबाहक ५जनालाई नजिताई विश्राम नलिने बताए । स्वतन्त्र उम्मेदवार फिर्ता लिएका रामकृष्ण जिसीले एमालेसँग कुनै पार्टी सँग तुलना गर्ने नसक्ने व्यक्त गरेर आफूले उम्मेदवारी फिर्ता लिएर घरदैलाे कार्यक्रममा हिँडेको बताए ।

बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी सदस्यमा ध्रुव थापा, वसन्त बन्जरा, प्रमिला बराल भण्डारी र शर्मिला सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन जिसीले अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष सुवास सापकोटा र भिमनाथ अधिकारी तथा वडा अध्यक्ष नारायण प्रसाद बराल, हरिश्चन्द्र देवकाेटा ,खड्का रानाभाट, विकास अधिकारी, वामदेव ढुंगाना, रामहरि ढुंगाना, रमेश रानाभाट लगायत पदाधिकारीहरुकाे सकृय सहभागिता थियाे । आज ,शान्ति मार्ग, उपल्लो सक्नेरी, तल्लो सक्नेरी र रिठेपानी लगायत ठाउँमा घर दैलाे गरेका छन्। घरदैलो कार्यक्रममा ३००जना भन्दा बढी उपस्थिति रहेकाे प्रचार विभाग प्रमुख सन्देश तिमिल्सिनाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया