अन्नपूर्ण गाउँपालिकामा विकास गर्ने भनेको नेकपा एमाले हो: केसी

अन्नपुर्ण ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाका उमेद्वारले घरदैलो अभियान वडा नं १,२ ,३,८,९,१० र ११ मा कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा अध्यक्ष बिष्णुबहादुर केसी ले हाम्रो विजय भइसकेको छ घोषणा हुनमात्र बाँकी रहेको भन्दै पहिला हाम्रो बिजय नहुँदा यहाँको विकास र समृद्धि हुन नसकेको मनपरप तरिकाले पालिका चलाएको अब एमालेलाई जिताएर यस पालिकाको मुहार परिवर्तन गर्ने बताए ।
११ वटै वडामा टोल तथा वडा कमिटी परिचाल गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेद्वार बिष्णु केसीले जानकारी दिएका छन् स्वास्थ्य शिक्षा, आर्थिक, सामाजिक , सास्कृतीक सम्पदालाई संरक्षणा गरि समृद्ध अन्नपुर्ण बनाउने अभियानका साथ पहिला काम गर्न नसकेको यस गाउँपालिकामा हामी आएर विकासको काम बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने बाचा गरेका छन् ।
घर दैलो कार्यक्रममा विभिन्न पार्टीमा आस्था रहेका जनता कार्यकर्ताहरूलाई अबिर खादा लगाएर पर्टी प्रवेश गराएका थिए । विद्यार्थी र युवा कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षासमेत दिएका छन् । घरदैलोमा प्रदेश जिल्ला, गाउँ कमिटी सदस्य लगाएत वडा कमिटीका नेताहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया