पोखरामा बाबुछोरीको निधन हुने गरी ठक्कर दिएर भागेका कार चालक काठमाडौंबाट पक्राउ
समाधान संवाददाता
२०७९ वैशाख २१ गते १३:००

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ राजमार्गमा मोटरसाइकललाई ठक्कर दिई भागेका कार चालकलाई कास्की प्रहरीले काठमाडौंबाट पक्रेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्रहरीले काठमाडौंमा पक्रेको हो ।
ग३च ३५२५ नम्बरको मल्लको कारले ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा बाबुछोरीको निधन भएको थियो । पर्वतकै जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सविना पुनको मृत्यु भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया