‘मादीमा प्रज्ञा प्रतिष्ठान बन्छ’

पोखरा l
गठबन्धनको तर्फबाट मादी गाउँपालिकामा उम्मेदवारी दिएका अध्यक्ष र उपाध्यक्षका प्रत्यासीले गाउँपालिकास्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेदवार छन् ।
उनीहरुले निर्वाचन जितेमा मादी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र त्यसबाट मादी क्षेत्रका कलाकारलाई प्रत्यक्ष फाइदा हुने दाबी गरे । मादीमा अहिले ८५ जनाभन्दा बढी कलाकार छन् । यसअघिको नेतृत्वले नगरेको काम काम गठबन्धनका उम्मेद्वारले गर्ने प्रतिवद्धता गरेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
नेपाल सांस्कृतिक संघका केन्द्रीय उपसभापति कृष्णकुमार गुरुङले सामुदायिक राज्य स्थापित गर्नका लागि पनि मादीमा प्रज्ञा प्रतिष्ठान आवश्यक रहेको जनाए । मादीमा प्रतिष्ठान पहिला नै आवश्यक भए पनि एमाले नेतृत्वको तीनै तहको सरकार हुँदा पनि वास्ता नगरेको उनको आरोप छ । ‘यसभन्दा अघिका अध्यक्ष आफैं जिफानको अध्यक्ष हुन्, म कलाकार हुँ कलाकारिताको विकास गर्छु मेरो ठाउँमा कलाकारिताको विकास गर्छु भनेर भोट मागे पनि प्रतिवद्धता पूरा गरेनन् ।’







महिला उद्यमशीलता र सशक्तीकरण अभियन्ता रामकली खड्का
६ दशकको निर्भीक पत्रकारिताका साधक तिलकमान गुभाजू
पोखराको गौरवः बहुआयामिक साहित्यकार तीर्थ श्रेष्ठलाई पोखरा रत्न सम्मान
१०४ वर्षीय झ्याउरी र काशीनाथ बने पोखरा महानगरका ‘मातापिता’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया