मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत तामेलनाडु चेन्नईका ६७ वर्षिय कन्नाप भेथिलिङ्गम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
आफ्नाे श्रीमती सहित ४१ जनाको जम्बो टोली सहित बिहिबार मुक्तिनाथ दर्शनगरी जोमसोम फर्किएका भारतिय तिर्थालु कन्नाप भेथिलिङ्गमको शुक्रबार जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
मृतक ६७ वर्षिय कन्नाप भेथिलिङ्गम मुट रोगबाट पीडित रहेको प्रहरीको बयानमा उल्लेख छ । मुटु रोगबाट पीडित कन्नाप भेथिलिङ्गमलाई हाईअल्टिच्युटका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने प्रहरीको अनुमान छ । मुक्तिनाथ दर्शनका लागि भारतिय टोली बिहिबार तारा एयरको जहाजमा मुस्ताङ आएका थिए । उनलाई शुक्रबार बिहान मात्रै एकाएक स्वास्थ्यमा समस्या देखिएको जनाईएको छ । मृतक कन्नाप भेथिलिङ्गमकाे शबलाई जिल्ला अस्पताल जोमसोममा पोस्टमार्टमका लागि राखिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया