दलित महिलालाई कम्प्युटर तालिम

समाधान संवाददाता २०७९ वैशाख २१ गते १४:१३

पोखरा l
दलित महिला समिति पोखरा ९ को आयोजनामा वडाका दलित महिलालाई निशुल्क कम्प्युटर तालिम दिएको छ । वडाका २० दलित महिलालाई ३ महिने तालिम दिइएको हो ।

Advertisement

पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेसनल कम्प्युटर सेन्टरको बगरको प्राविधिक सहयोगमा तालिम आयोजना भएको हो । कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले सहभागीलाई प्रमाणपत्र वितरण गरे । उनले तालिम लिनका लागि मात्र नभई व्यवहारमा उतार्न दिइएको बताए ।

कार्यक्रममा क्यान महासंघ कास्कीका निवर्तमान अध्यक्ष युवराज पौडेल, वडा सदस्यहरु राममाया मानन्धर र गीता चर्मकार, संस्थाका उपाध्यक्ष माया दर्जी, सचिव रविना विक र टोल विकास संस्था समन्वय समिति अध्यक्ष उत्तम जोशीले तालिमपछि स्वरोजगार हुनुपर्नेमा जोड दिए । कार्यक्रम समिति अध्यक्ष सपना विकको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया