पाँच सय बढि मतले जित्छौँ : प्रधान

पोखरा l
पोखरामा यतिवेला चुनावी घरदैलोले तिव्रता पाएको छ । नेकपा (एमाले) पोखरा महानगरपालिका वडा नम्बर १ ले पनि घरदैलो अभियानले तिव्रता दिएको छ । दैनिकजसो घरदैलो अभियानमा नेकपा (एमाले) का तर्फबाट १ नम्बर वडाका वडा अध्यक्षका प्रत्यासी साहरा प्रधान सहितको टोली घरदैलो अभियानमा छ । घरदैलो अभियानका क्रममा वडा अध्यक्षका प्रत्यासी प्रधानले नेकपा एमालेले वडा नम्बर १ मा पाँचसय बढि मतले जित्ने बताएका छन् ।
नेकपा बिभाजन पछि वडा नम्बर १ मा माओबादीका धेरै नेता कार्यकर्ता एमालेमा नै रहेको दावी गर्दै प्रधानले पहिलाको भन्दा धेरै मतान्तरले नेकपा (एमाले) ले चुनाब जित्ने बताए । प्रधानका अनुसार जसपाका पुर्व वडा अध्यक्षको उम्मेदवार पनि अहिले नेकपा (एमाले) को तर्फबाट सदस्य पदको उम्मेदवार बनेका कारण मतान्तर फरकिलो हुनेछ ।
बिगत पाँच बर्षमा वडा नम्बर १ मा एमालेको नेतृत्वमा बिकास निर्माणको काम धेरै भएको र केहि कामहरु पुरा गर्नुपर्ने भएकाले पनि जनताले सुर्यमा मतदान गर्ने प्रधानले बताए । प्रधानले बिगतमा वडाले सुत्केरी भत्ता लगायतका जनमुखी काम गरेको स्मरण गर्दै आगामी दिनमा स्वास्थ्य उपचारबाट कोहि पनि बञ्चित नहुन भनेर बिपन्न बर्गका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने बताए । नेकपा (एमाले) बाट वडा अध्यक्षका उम्मेदवार बनेका साहरा प्रधान सारदा पराजुलीको नेतृत्वमा सदस्य भएर काम गरेका थिए ।
पोखरा महानगरपालिका कै समृद्ध वडा निर्माणका लागि एमाले नेतृत्वलाई बिजयी बनाउन पर्ने प्रधानले बताए । वडा १ मा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यहरुमा जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले रहेका छन् ।









पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
‘पोखरा २४ घन्टा खुला’ गर्न पर्यटन व्यवसायीलाई छैनन् तयार, भन्छन्– ३ सिफ्टमा कर्मचारी खटाउन सकिँदैन
मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया