घरदैलो कार्यक्रममा पोखरा १४ का एमाले उत्साहित

पोखरा ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १४ का एमाले एक चरणको घरदैलो सम्पन्न गरेको छन् । आगमी पाँच वर्षको भावी योजना सुनाउँदै घरदैलोमा पुगेका पोखरा १४ का एमाले एक चरणको घरदैलो लगभग सकिएको एमाले पोखरा १४ का अध्यक्ष बटु कृष्ण (कृष्णा) कुँवरले बताए ।
चुनावी अभियानमा बुधबार सो वडाका क्षेत्र नम्बर ८ अन्तर्गत रहेका काजीपोखरी, मान्द्रेढुंगा, शैलुङ मार्ग र सगरमाथा टोल लगायतका ठाउँमा स्थानमा घरदैलो सम्पन्न गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।

अघिल्लो कार्यकालमा आफ्नो पार्टी नेतृत्वले वडामा गरेका विकासको काम र अबको आउने कार्यकालको योजना लिएर घरदैलो पुगेको कुँवरले बताए । ‘घरदैलो कार्यक्रममा हामीहरुले जनतामो निकै उत्साह देख्यौं । वडा नेतृत्वमा फेरी एमालेलाई जिताउनुपछर्, भन्ने सबैमा उत्साह देखियो । अब आवश्यक देखि फेरी अर्को पटक विभिन्न चरणमा घरदैलो गछौं,’ अध्यक्ष कुँवरले भने ।
एमाले १४ का अध्यक्षका उम्मेदवार डेलबहादुर गुरुले आफ्नो अर्जुन दृष्टि विकास मात्रै भएको बताए । ‘आगमी पाँच वर्षमा वडालाई समृद्ध वडा बनाउँछौं । वडा बाँसीले अनुभूति लिन सक्ने विकास गछौं । एक चरणको घरदैलोमा घोषणा पत्र सहित जनताको घर दैलोमा पुगिसक्यौं । उहाँहरुको उत्साहले धेरै खुसी छौं,’ गुरुङले भने ।
भुमिहिनहरुलाई उचित मुआब्जा वडामा रहेका सरकारी विद्यालयका स्तरउन्नति, सिपमुलक तालिम, यूवा वर्गलाई विभिन्न तालिम, कृषि तथापशुपालन व्यवसायलाई व्यावसायीकरण, वडाभित्र रहेका वटोलाई पक्की सडक बनाउने आफ्नो पहिलो प्राथमिकता हुने गुरुले बताए । ‘म घरदैलोमा मात्रै यहाँ आएको होइन । निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ, भनेर हेर्न आएको हुँ,’ अध्यक्षका उम्मेदवारी गुरुङले भने ।

गुरुले अबको पाँच वर्षमा पुर्ण भौतिक पुर्वाधार विकासको लक्ष्यका साथ समृद्ध वडा निर्माणमा अघि बढेको हुँदा सो काम पूरा गर्न एकपटक फेरि सुर्यमा मतदान गरी अबसर प्रदान गर्न आग्रह गरे ।
पोखरा १४ बाट एमाले खुला वडासदस्यमा मानबहादुर भुजेल, महिला उत्पीडित महिला सदस्य सिर्जना सुनार, खुला सदस्य गोपालप्रसाद सापकोटा र महिला सदस्यमा सरिता बास्तोला चुनावी मैदानमा छन् । एमाले उम्मेदवार, कार्यकर्ता, नेता साथै समर्थकले वडाका ८ वटै क्षेत्रमा घरदैलोमा सकेको निर्वाचन परिचालन कमिटीका सहसंयोजक माओ थापाले जानकारी दिए ।

वडामा एमालेका उम्मेदवारलाई अझ सशक्त रुपमा अगाडि बढाइने प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवरले बताए ।
घरदैलो कार्यक्रमलाई सोमबारबाट अझ सशक्त रुपमा अगाडि बढाइने प्रचारप्रसार विभागका संयोजक पृथ्वी कुँवरले बताए ।
तपाईको प्रतिक्रिया