चुनाव जिते कुनै पनि सेवा सुबिधा नलिने उम्मेदवारको घोषणा

पर्वत l
पर्वतको फलेवास नगरपालिका सात को वडा अध्यक्ष को लागि गठबन्धनका साझा उम्मेदवार रहेका अशोक सुनारले वडा अध्यक्ष मा आफू निर्वाचित भएमा राज्यको सुबिधा नलिने घोषणा गरेका छन्।
‘राज्यले दिएको तलब, भत्ता वा कुनै प्रकारको रकम मेरा लागि आवश्यक छैन्। मैले जितको अवस्थामा जे जति सुबिधा मैले पाउने हो त्यो रकमलाई वडा को विशेष कोषमा राखेर समस्स्यामा परेका, गरिब, दलित, विपन्न, अपाङ्गता भएका लगायतको लागि खर्च गर्ने छु,’ उनले भने, ‘जनताको सेवाका लागि जनप्रतिनिधि भएर आउने हो, राज्यको सुबिधा लागि मेरा लागि आवश्यक नभएका कारण त्यो सुबिधा जनताका लागि नै खर्च गर्छु। किनकी जनताले दिएको मतले नै म बिजयी बन्ने हो।’
आफ्नो वडा मा पूर्वाधार विकास, कृषि उद्यम, बेरोजगार समूहलाई सीप तथा प्रशिक्षण, शिक्षा, स्वास्थ्य, खेल लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले आफूले त्यसैमा ध्यान दिने उमेदवार अशोक सुनार ले बताए। अघिल्लो ५ बर्ष का लागी निर्बचित भएका वडा अध्यक्ष ले वडा मा एउटा सिन्को पनि नभाचेको तलब भत्ता पचाउनी खेल मात्र गरेको, वडा मा नाताबाद र पार्टीबाद लाई प्रोत्साहन गरेको आरोप लगाए । उल्टै गाउँले लाई दुःख दियको अब यदी जनता ले बिकास र निकाश नै चाहेको भय आफु लाई भोट हाल्न अनुरोध गरे।
यस पटक गठबन्धनमा रहेका दलहरुका साथै आम नागरिकले पनि आफ्नो नेतृत्वमा फलेवास सात को विकास भएको देख्न चाहेका कारण आफू चुनावी मैदानमा होमिएको उनको भनाई छ। यस पटक भने आफू नै बिजयी बन्ने दाबी गरे।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया