अटेरी अभियानका अशोक खड्का ५५ सय धरौटीमा रिहा
समाधान संवाददाता
२०७९ वैशाख २३ गते १७:४५

पोखरा ।
निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा पक्राउ परेका अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशमा शुक्रबार उनी रिहा भएका हुन् । अदालतले ५५ सय रुपैयाँ धरौटीमा खड्कालाई रिहा आदेश गरेको जानकारी अदालत स्रोतले दिएको छ ।
उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने दिन १७ गते उनी पक्राउ परेका थिए । अटेरी अभियानका उम्मेदवारलाई लौरो चिन्ह दिएर पनि फेरि खोसिएको भन्दै अभियानले विरोध प्रदर्शन गरेको थियो । त्यस क्रममा निर्वाचन आचार संहिता विपरीत धाक धम्कीपूर्ण नाराबाजी गरेको आरोपमा खड्का पक्राउ परेका थिए ।
सम्बन्धित








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया