मियापाटनमा किरण क्रेज ‘किरण ले अवश्य जित ती’

पोखरा ।
अजानको समय भयो, दुई मिनेट शान्त बसौँ है । मियापाटन बस्तीमा घन्किरहेको नेपाली कांग्रेसको गीत र जय नेपालको नारा दुई मिनेटको लागि शान्त भयो ।
मुस्लिम अगुवाहरुले नै त्यहाँ उमेदवारलाई बस्ती देखि बस्तीवासी देखाइरहेका थिए । अजान भनेको नमाज पढ्न बोलाउनु हो । हरेक शुक्रबार मुस्लिमहरुको विशेष नमाज हुन्छ । चुनावको सन्दर्भमा भोट माग्दै गरेका उमेदवार र मतदाता सबैको शिरमा टोपी थियो । उमेदवार स्वयमले बाटुलो सेतो टोपी लगाएका थिए, कतिपयले ढाकाटोपी पहिरे ।
नमाजको समय सकिएपछि सामुहिक तस्बिर खिचे । अनि लागे घरदैलोमा । यो चुनावी दृश्य हो, पोखरा १३ को । जहाँ किरण बराल वडाध्यक्षको उमेदवार थिए । उनै किरणलाई बिचमा राखेर तस्बिर खिचाएपछि बस्तीका अगुवाहरुले घर, मतदाता चिनाउँदै हिँडे ।सयौँको संख्याको त्यो जमाते पोखरा १३ मा किरणको क्रेज देखाउँथ्यो । मियापाटन मुस्लिम बस्ती हो । पोखराको इतिहासमा पुरानो बस्तीमध्येको यो पनि एक हो ।
त्यही बस्तीका समाजसेवी तथा अगुवा बासिन्दा हुन, हाजी जलाल बक्स मिया । उनले वडाध्यक्षका उमेदवार बरालसँग गला मिलाए । अनि आशीर्वाद दिए, “मेरा घर २७ मतदाता छन । किरण बाबु मेरो नातीको साथी हो, केही पीर मान्नै पर्दैन । ढुक्क हुनु ।” मियाको पुस्ताको शताब्दीको इतिहास छ मियापाटनमा । उनकी श्रीमतीले भनिन, “किरण बाबु अवश्य जीत ती ।’
‘किरण बाबुले अवश्य जित्नेछौ ।’ मिया परिवारको आशीवार्द पाएपछि बरालको टोली अगाडि बढ्यो । बस्तीका युवाहरु अघिअघि लागे ।
त्यो क्रेज र उमेदवारसँग सँगसँगै हिँडिरहेका थिए, ५३ वर्षका मोहमद अलि । पहिला नयाँशक्ति पार्टीबाट राजनीति गरेका उनी अहिले कांग्रेसका उमेदवारसँगसँगै हिँडिरहेका थिए । उनलाई प्रश्न ग¥यौँ, किरण बराललाई जिताउन लागिपर्नुभएको रहेछ त ?
“म अहिले स्वतन्त्र हो । रिकन्डिसन चलाउँथे । कोभिडको कारणले छाडे । हामीलाई जसले समुदायलाई टेवा पु¥याउन सकोस, कतिपय कुरा हामीलाई अपर्याप्त छन । त्यसको पूर्तिको लागि योग्य व्यक्ति खोजेका छौँ । हाम्रो चाहना पुरा गरोस । त्यो सम्भावना मैले किरण बरालमा देखेँ ।” उनले भने, “उहाँसम्म केही दिन बसेर कुरा गर्दा पनि उहाँ सहनशील हुनुहुन्छ । उहाँको बोली, मिजास, घुलमिल, अपनत्व र सहयोगी बानी लाग्यो ।” उनकै पुस्ताले पृथ्वीचोकदेखि मियापाटनसम्मको बाटो बनाएको उनी सम्झिन्छन । भीडमा हिँडेका एक युवाले नारा भट्याइरहेका थिए । उमेदवारलाई बाटो देखाउने युवालाई सोध्यौँ ?
साँच्चै किरण बरालले चुनाव जित्छन त ? ती युवाले भने, “यो क्रेज र भीड देख्नुभएन ? त्यो आशीवार्द देख्नुभएन ?”
तपाईको प्रतिक्रिया