कांग्रेसको अहंकारले पोखरामा गठबन्धन तोडियोः जसपा

पोखरा ।
जनता समाजवादी पार्टीले नेपाली कांग्रेसको अहंकारले पोखरामा ५ दलीय गठबन्धन तोडिएको जनाएको छ । नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनले आइतबार पोखरामा आमसभा गर्न लागेको सन्दर्भमा जसपाका नेताले गठबन्धन तोडिएको जनाएका हुन् ।
गठबन्धनले ५ दलको संयुक्त सभा भन्दै प्रचार गरेपछि जसपाले आफूहरुको ध्यानाकर्षण भएको जनाएको हो ।
गठबन्धनको सभालाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरु पोखरा आउँदैछन् ।
‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचारबारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ,’ जसपाको पोखरा नगर समितिका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्तिमार्फत जनाएका छन्, ‘गठबन्धनको आवश्यकता र औचित्य हुँदा हुँदै पनि नेपाली कांग्रेस कास्कीले अहंकार प्रदर्शन गर्दै गठबन्धन तोडिसकेको छ । व्यवहारत यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन ।’
आफ्नो पार्टीको अनुमति बिना जसपा नेपाल सहितको आमसभा भन्ने भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न जसपा अध्यक्ष छेत्रीले अनुरोध गरेका छन् । ‘हाम्रो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं । निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत प्रतिस्पर्धाको लागि सवै लोकतन्त्रप्रेमीहरुमा अपिल गर्दछौं ।’
जसपाबाट पोखरा २२ मा वडाध्यक्षमा सरिता बराल क्षेत्रीको उम्मेदवारी छ । कांग्रेस र माओवादीका वडाध्यक्ष उम्मेदवार छैनन् । उनीहरुले गठबन्धनकै दल जसपाकी उम्मेदवारलाई समर्थन नगरी स्वतन्त्रलाई समर्थन गरेपछि जसपा रुष्ट छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया