विपन्न विद्यार्थीलाई ३ वर्षसम्म निशुल्क राशन

पोखरा ।
नेकपा एमाले निकट उद्योगी व्यवसायीको सस्था नेपाल राष्ट्रिय उद्योगी व्यवसायी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा एक जना विपन्न विद्यार्थीको खानापिनाको जिम्मा लिएको छ । महासंघको ११ औं स्थापना दिवसको अवसर पारेर महासंघको गण्डकी प्रदेश र कास्की जिल्ला समितिले सम्युक्त रुपमा यो सहयोग प्रदान गरेको हो ।
पोखराको पुरन्चौर स्थित कृषि क्याम्पसमा बिएस्सी एजी पढ्दै गरेका पर्वतका विपन्न विद्यार्थी सन्तोष पौडेललाई उनले स्नातक तह उत्तिर्ण नगरुन्जेलसम्म के खाने भन्ने चिन्ता लिनु नपरोस् भनेर सहयोग गर्ने निर्णय गरेको राष्ट्रिय उद्योगी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले बताए ।
पढाईमा जेहेन्दार विपन्न परिवारका सदस्य सन्तोषलाई साँझ विहान खानकै समस्या रहेको एमाले नेता दीपक पौडेलले जानकारी दिएपछि उनलाई तीन वर्षसम्म खाद्यान्न सहयोग गर्ने निस्कर्षमा पुगेको महासंघ कास्कीका अध्यक्ष कृष्ण तिवारीले बताए ।
शनिबार पुरन्चौरको भारती भवन माविमा एक समारोहका आयोजना गरेर पूर्व शिक्षक समेत रहेका एमाले नेता पौडेलले ती विद्यार्थीलाई खाद्य सामाग्री हस्तान्तरण गरे । पहिलो चरणमा तीन महिनाका लागि पुग्ने खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । महासंघका प्रदेश अध्यक्षले खाद्यान्न सकिनासाथ पुन उपलब्ध गराइने बताए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया