दम्भले केपीको विनास : अध्यक्ष नेपाल
समाधान संवाददाता
२०७९ वैशाख २५ गते १३:४४

पाेखरा ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दम्भले केपीको विनास गरेको बताएका छन् । उनले अरुलाई पनि दम्भ नराख्न आग्रह गरे । उनले भने, ‘दम्भ राख्नुभयो भने विनास हुन्छ । सबैको सम्मान गर्न सक्नुपर्छ ।’
५ दलीय गठबन्धनको सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै नेपालले राजनीति गर्दा दुरदृष्टि राखेर चल्न सक्नुपर्ने बताए । ‘सबैको शक्तिलाई समेटेर लैजाने कोसिस गर्नुभएको छ । मेयर र उपमेयरमा त मिलाउन सक्यौं, वडाहरुमा मिलाउन सकेनौं,’ उनले भने, ‘पालिकाहरुमा मिलाउन सकेनौं । कतिपय ठाउँमा मिलाएका छौं । कतिपय ठाउँ मित्रतापूर्ण प्रतिस्पर्धा गरेका छौं । विरोधका लागि चुनावी मैदानमा आएका होइनौं । गरेर देखाउनका लागि, सकारात्मक दिशामा देशलाई लैजानका लागि हो ।’
सम्बन्धित








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया