मादीलाई सांस्कृतिक गाउँ बनाउँछौंः गठबन्धन

मादी ।
मादी गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँ बनाउने बताएका छन् । आधुनिक शैलीले मौलिक संस्कृतिक लोप हुँदै गएको भन्दै गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँपालिका बनाउने पहल गर्ने बताएका हुन् ।
मादी ७ महघारी र मादी ६, तप्राङमा भएको चुनावी सभामा मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि मादीको मौलिक संस्कृति जगेर्ना गर्न लाग्ने प्रतिवद्धता गरे । ‘मादी गाउँपालिका, सांस्कृतिक रुपमा धनी गाउँपालिका हो । अहिले आधुनिकताले यहाँको संस्कृति हराउदै गइरहेको छ, हामीले चुनाव जितेपछि त्यसलाई जोगाउनपट्टि लाग्छौं,’ उनले भने ।
मादी गाउँपालिकालाई सास्कृतिक जगेर्ना गरेर पर्यटनसँग जोड्ने उनले बताए । ‘पुरानो संस्कृति जोगाउनुपर्ने त हाम्रो कर्तव्य नै हो । त्यसलाई जोगाउँदै पर्यटनसँग जोडेर, पर्यटकीय नमुना गाउँ बनाउन हामीले पहल गर्ने छौं,’ उनले भने ।
गठबन्धनकै उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले संविधान रक्षा गर्न गठबन्धन एक ढिक्का भएर लागे जस्तै मादी बनाउन पनि लाग्ने बताए । सबै दलको सहमतिमा बजेट विनियोजन हुने भए पनि विपक्षी दलले आफैंले छुट्याए जसरी प्रचार गरेकोमा उनले आपत्ति प्रकट गरे । गाउँपालिका विकासका लागि सबैको समन्वय जरुरी रहेको बताउँदै उनले गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
नेपाली कांग्रेस कास्की पूर्व सभापति कृष्ण केसीले गठबन्धनका उम्मेद्वारलाई जिताउन मतदातासामु आग्रह गरे । चुनावमा गठबन्धनलाई जिताएर मादीलाई जिताउन मतदातामाझ उनको आग्रह थियो ।
मादी ६ वडा सदस्य पदका उम्मेद्वार खेमबहादुर जिसीले चुनावपछि वडामा खेलकुद, शिक्षा, स्वास्थ्यमा जोड दिने बताए । वडा र गाउँपालिका विकासका लागि सबै दलको उत्तिकै भूमिका रहने हुँदा निषेधको राजनीति बन्द हुनुपर्ने उनको भनाइ छ । मादी गाउँपालिका र वडा नम्बर ६ लाई समृद्ध बनाउने भिजन गठबन्धनसँग मात्र रहेको बताउँदै उनले गठबन्धनका सबै उम्मेद्वारलाई जिताउन आग्रह गरे ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया