भोट हाल्न नसक्नेले अरुको सहयोग लिन पाउने

काठमाडौं l
कुनै मतदाताले आफै मत हाल्न नसक्ने अवस्था भएमा नजिकको मान्छे वा आफन्तले मत दिन पाउने भएका छन् । दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने आयोगले जनाएको छ ।
तर, कुनै मतदाता दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मत संकेत गर्न नसक्ने अवस्थामा मत संकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा त्यसो गर्न सकिने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले बताए ।
मतदान अधिकृतलाई उक्त कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा मतदाताकै इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्न पाउने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा छ । कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगीमात्र भएको पनि आयोगले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । दृष्टि विहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिंदा एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने आयोगले जनाएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफनो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने व्यवस्था छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया