यातायातको व्यवस्था गर्न माग

पोखरा l
अपांगता भएका द्वन्द्व पीडितको राष्ट्रिय सञ्जालले स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रदेखि आवाससम्म आवतजावत गर्नसवारी साधनको व्यवस्था गर्न माग गरेको छ । सञ्जालले प्रेस विज्ञप्ति प्रकाशित गरी स्थानीय निर्वाचनमा अपांगता भएका नागरिकको मताधिकार संरक्षण गर्न सबैको ध्यानाकर्षणसमेत गराएको अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए ।
‘एकातिर निर्वाचनमा अधिकांश मतदान केन्द्र÷स्थलहरु अपांगमैत्री छैेनन् । अपांगता भएका नागरिकमध्ये धेरैलाई हिड्डुलमा समस्या छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ हिड्डुल गर्न कठिनाई हुने अपांगता भएका व्यक्तिलाई निशुल्क रुपमा बासस्थानदेखि मतदान स्थलसम्म ल्याउन र पुर्याउनका लागि सहज यातायातको व्यवस्था गर्न निर्वाचन आयोग र सम्पूर्ण राजनीतिकसमक्ष आग्रह गरिएको छ ।’ विज्ञप्तिमा आम अपांगलाई सार्वभौम नागरिकको हैसियतले निर्धक्क भई आफ्नो मताधिकारको प्रयोग गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।
आफैं मतदान गर्न नसक्ने अपांगको हकमा उसले इच्छाएको सहयोगी छानी मतदान गर्न दिन आग्रह गर्दै विज्ञप्तिमा अपांगको मतदानको अधिकारको संरक्षण भए÷नभएको अनुगमन गर्न निर्वाचन पर्यवेक्षक संघ संथा तथा आमसञ्चार माध्यमलाई अनुरोध गरिएको छ । विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदानस्थललाई पूर्णरुपमा अपांगमैत्री बनाई सबै अपांगलाई मतदानको अधिकारलाई सुनिश्चित गर्न निर्वाचन आयोग लगायत सबै सरोकारवालासँग माग गरिएको छ ।
तपाईको प्रतिक्रिया