पालुङटारमा मेयर जसपालाई, उपमेयर एमालेलाई
समाधान संवाददाता
२०७९ वैशाख २७ गते १६:०३

पोखरा l
गोरखाको पालुङटार नगरपालिकामा सत्ता पक्षीय गठबन्धन तोड्दै जसपाले एमाले संग चुनावी तालमेल गरेको छ । सहमति अनुसार पालुङटार मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सघाउने निर्णय भएको छ ।
एमाले र जसपाले मंगलबार निकालेको संयुक्त विज्ञप्तीमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया