अत्यावश्यक सेवामा २ दिन बढी बिदा नहुने

काठमाडौं ।
जेठ १ गतेदेखि सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।
गृह मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार लगातार दुई दिन सार्वजनिक बिदा दिने भएपछि सो भन्दा बढी बिदा हुने भएमा बैंकिङ लगायत अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रले भने गृह मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ ।
‘संवत् २०७९ सालको लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्य चौकी रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने,’ गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ ।
तर यसरी सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने सूचनामा उल्लेख छ । नेपाल सरकारले आगमी जेठ १ गतेदेखि लागु हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्दै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० सम्म बनाएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ५ः३० देखि साँझ ४ः३० सम्म हुनेछ ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया