साताभित्रै मत परिणाम
समाधान संवाददाता
२०७९ वैशाख २७ गते २०:०७

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मत परिणाम एक साताभित्रै सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोग एक आयुक्तका अनुसार सात दिनभित्रै मतगणना सक्ने गरी तयारी गरिएको छ ।
आउँदो जेठ ५ गते स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै छ । सोहीअनुसार आयोगले सात दिनभित्रै मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको हो ।
आयोगले थोरै मतदाता रहेका पालिकामा जेठ ५ अगावै निर्वाचित पदाधिकारीहरूको शपथलगायत काम गर्ने तयारी गरिएको छ । धेरै मतदाता रहेका र महानगरपालिकाहरूमा अघिल्लोपटकजस्तो धेरै दिन नलगाइने आयोगले जनाएको छ ।
वैशाख ३० गते देशभर एकै चरणमा हुन लागेको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया