म्याग्दीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी ।
मंगलबार राती म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पुर्याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनिहरुलाई मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।
प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान शुरु गरेको छ । सडक देखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया