सरकारी स्कुल २ दिन , निजी १ दिन बिदा

काठमाडौं l
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन गर्न असमर्थ हुने जनाएका छन् ।
सातामा २ दिन बिदा दिनाले विद्यार्थीको शिक्षण सिकाइमा नकारात्मक असर पर्ने निजी विद्यालय सञ्चालकहरूको भनाइ छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पालना गराउनू आफूहरूको कर्तव्य भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शुक्रबार पनि पूरै समय पढाउने, वर्षे बिदा कटौती गर्ने तथा त्यसबाहेकका दिनमा पनि पढाइ सञ्चालन गर्नसक्ने विकल्पबारे छलफल भइरहेकाले एक–दुई दिनमा निर्णय आउने जनाए ।
यसअघि दुई दिने बिदा कार्यान्वयनका सम्बन्धमा केही दिनअघि शिक्षा विकास तथा मानव स्रोत केन्द्रमा सरकारी अधिकारी, सामुदायिक विद्यालयका प्रतिनिधि, निजी क्षेत्र तथा अभिभावकबीच छलफल भएको थियो । सरकारले २ दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुलेर बेलुका ५ः३० मा बन्द गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको चुनावका मतदान केन्द्र तोकिएका विद्यालय ३ दिन बन्द हुने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मतदान केन्द्र रहेका विद्यालय २८, २९ र ३० वैशाखमा बन्द हुने छन् । मतदान केन्द्र नरहेका विद्यालय भने चुनावका दिन ३० वैशाखमा मात्र बन्द हुनेछन् ।
‘मतदान केन्द्र रहेका विद्यालयमा ३ दिन विद्यार्थी नबोलाउन निर्वाचन आयोगले भनेको छ । ती विद्यालयमा भर्चुअल रूपमा पढाउन आयोगले सिफारिस गरेको छ । आयोगको निर्णय अनुसार बुथ रहने विद्यालय ३ दिन बन्द हुन्छन्,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया