महेन्द्र मावि ३३ वर्षमा

समाधान संवाददाता २०७९ वैशाख २८ गते ११:४१

पोखरा l
पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३२ औं वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोह मंगलबार भएको छ ।
२०४७ सालमा जापानको एमाजी फाउन्डेसनको सहयोगमा स्थापना भएको उक्त विद्यालयले ग्रामीण भेगमा रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । सभामा समाजसेवी डिलबहादुर विश्वकर्माले पिछडिएको ठाउँमा शिक्षाको ज्योति फैलाउन विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा शैक्षिक सत्र २०७६ र २०७७ को एसइई पुरस्कार, शैक्षिक तथा अतिरिक्त पुरस्कार र विभिन्न उत्कृष्ट विद्यार्थीलाई महेन्द्र छात्रवृत्ति प्रदान गरियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष वैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, समितिका सदस्य रामचन्द्र सुनार, रमेश विक, शिक्षक अभिभावक संघका धनबहादुर सुनार, पार्वती आचार्य र सावित्री पौडेलले पुरस्कार वितरण गरे ।

सभामा समाजसेवी हिमलाल पौडेल, रूकविना पौडेल, राधा आचार्य, गिरधारी आचार्य, रामजी ब्राल, पार्वती ब्राल, विष्णु पण्डित र प्रदीप पण्डितले अक्षयकोष स्थापना गरे । प्रधानाध्यापक वासुदेव पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सहायक प्रधानाध्यापक नन्दराज दाहाल, रत्नाकुमारी विक, शिक्षक सूर्यराज घिमिरे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया