मतदान केन्द्रमा मोबाइल निषेध

समाधान संवाददाता २०७९ वैशाख २८ गते १२:४४

काठमाडौं l
आउँदो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । बिहान सात बजेदेखि साँझ ५ बजेसम्म चल्ने मतदानका लागि मंगलबार बेलुकाबाट मौन अवधि सुरु भएको छ । यो अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार संहिताले रोक लगाएको छ ।

Advertisement

निर्वाचन आचार संहिताले केही क्रियाकलापलाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । स्थानीय निर्वाचन आचार संहिता, २०७९ अनुसार केन्द्रमा मतदान गर्न स्वीकृत पाएको व्यक्तिले साथमा मोबाइल, क्यामेरा जस्ता कुनै पनि फोटो खिच्न सकिने उपकरण बोकेर जान नपाउने स्पष्ट पारेको छ ।

निर्वाचन आचार संहिताले निर्वाचन तथा मतदानको समयमा कतिपय विषयमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारलाई होच्याउने, एउटा उमेदवारको फोटोलाई अर्को उम्मेदवारको फोटोमा जोड्ने, सामाजिक सञ्जालमा चुनाब भड्काउने खालका कुनै पनि क्रियाकलाप गर्न नपाउने लगायतका व्यवस्था गरिएका छन् ।

त्यतिमात्रै नभएर निर्वाचन आचार संहिताले मतदान केन्द्रमा जाँदा अपनाउनु पर्ने केही प्रावधानहरू पनि तोकिदिएको छ । यस्तोमा धेरैलाई मतदान केन्द्रमा जाँदा मोबाइल लैजान पाइन्छ कि पाइँदैन भन्ने दुबिधा पनि हुन सक्छ । किनभने आफूले हालेको मतपत्रको फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने चाहना कतिपयलाई हुन सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया