पर्यवेक्षकलाई अभिमुखीकरण

पोखरा l
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)कास्कीले स्थानीय तह निर्वाचन २०७९ मा खट्ने निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण तालिम दिएको छ । गैर सरकारी संस्था महासंघ कास्कीसँगको सहकार्यमा भएको अभिमुखीकरणमा दुबै संस्थाका पर्यवेक्षकको सहभागिता छ ।
कार्यक्रममा नियोक गण्डकी प्रदेशका संयोजक विष्णुप्रसाद बरालले निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, भयरहित र सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए । उनले निर्वाचनलाई लोकतान्त्रिक, मानव अधिकारमैत्री र समावेशी बनाउन लागि पर्यवेक्षकको भूमिका रहने उल्लेख गरे । ‘पर्यवेक्षकले मतदान केन्द्रमा हुने सम्भावित जोखिम तथा अवाञ्छित क्रियाकलाप भएको देखेमा मतदान अधिकृत समयमै सूचित गरेर रोक्न सहयोग पुर्याउन सकिन्छ,’ उनले भने, ‘मतदान स्थलमा राजनीतिक दल तथा उम्मेदवारलाई सुझाव दिने तथा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाइन्न ।’
उनले नियोकले निर्वाचन आचारसंहिता जारी भएदेखि मतदान, मतगणनासम्मको गतिविधिलाई समेटेर प्रतिवेदन तयार पारेर निर्वाचन आयोगलाई बुझाउनु जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा नियोकले १ हजारभन्दा बढी पर्यवेक्षक परिचालन गर्ने जानकारी दिए ।
नियोक कास्कीका संयोजक कुञ्जनी परियार प्यासीले संस्थाले २०४८ सालदेखि नियमित रुपमा पर्यवेक्षणको काम गरेको जानकारी दिइन् । लोकतन्त्र सुदृढीकरणको पहिलो खुट्कीलो चुनाव भएको उल्लेख गर्दै उनले निर्वाचनलाई निश्पक्ष बनाउन नागरिक समाजको भूमिका रहने चर्चा गरिन् । उनले निर्वाचन आयोगले पर्यवेक्षकको लागि जारी गरेको आचारसंहिताको पालना गर्न आग्रह गरिन् । स्थानीय तहको निर्वाचनमा ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएको जानकारी दिँदै उनले सबै संस्थाले १० हजार पर्यवेक्षक खटाउने बताइन् ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, नियोक कास्कीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव केशव पौडेल लगायतले निर्वाचनमा पर्यवेक्षणले गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया