४ महिनामा सवा लाख पर्यटक

काठमाडौं l
कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो ४ महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन् ।
जनवरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३ सय ४८ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो।
कोरोना महामारी विश्वभर फैलिएपछि यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले पर्यटकको आवतजावत प्रायः ठप्प भएको थियो । अघिल्लो वर्ष सन् २०२१ को पहिलो ४ महिनामा नेपालमा मात्र ५५ हजार ४ सय ४७ जना पर्यटक भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटन आउने संख्या उल्लेख्य रुपमा बढेको विभागको तथ्यांकले देखाउँछ ।








पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया