जन्मदिनमा सहयोग

समाधान संवाददाता २०७९ वैशाख २९ गते १५:३८

लेखनाथ l

Advertisement

पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटन निवासी लक्षिनबहादुर गुरुङले आफनो ८५ औं जन्मोत्सवको अवसरमा पोखरा २९ मा रहको अपांगता मैत्री समाज कास्कीको आश्रमलाई सहयोग गरेका छन् । गुरुङ परिवारले आश्रममा रहेका दृष्टिविहीनका लागि खाद्यान्न, फलफूल र आश्रममा कोठा थप्नका लागि नगद ७ हजार सयोग गरेको छ ।
राइजिङ स्टार युथ क्लब अध्यक्ष विष्णु गुरुङको अग्रसरतामा आश्रमका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको हो । पोखरा २७ रिठेपानीकी मायादेवी गुरुङले आफ्नो ८६ औं जन्मोत्सवमा पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाद्यन्न तथा फलफूल सहयोग गरेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया