एसओएसमा विद्यार्थी बिदाइ

पोखरा l
एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । को बिदाइ समारोह सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीको आयोजनामा भएको समारोहमा उज्ज्वल भविष्यको कामनासहित विद्यार्थीलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्ड गण्डकी पोखरा प्रमुख विष्णुनारायण श्रेष्ठ, एसओएस गण्डकीका कार्यवाहक परियोजना निर्देशक प्रदीपभक्त आचार्य र विद्यालयका संयोजक खगेन्द्रराज बरालले विद्यालयले प्राप्त गरेको सफलताको चर्चा गरे ।
समारोहमा विद्यालयमा अध्ययन गरेका एमबिबिएस, बिई, कृषिविज्ञान, वनविज्ञान तथा राष्ट्रका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल भूतपूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो । राष्ट्रिय शिक्षा बोर्ड गण्डकी पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठले गुणस्तरीय शिक्षाको माध्यमबाट बर्सेनि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल एसओएस गण्डकी नमुना विद्यालय भएको बताए ।
समारोहमा कक्षा १२ की छात्रा समीक्षा अधिकारी र कक्षा ११ का विद्यार्थीद्वय आयुष्मा भण्डारी र आयुष अधिकारीले पनि बोलेका थिए ।








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया