पोखराको मतगणना शनिबारबाट हुने, मत गन्न ८ खाल

पोखरा ।
पोखरा महानगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न भएको स्थानीय तह निर्वाचनमा मतगणना ३१ गते शनिबारबाट हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना छ । शनिबार सर्वदलीय बैठक गरी मतगणना सुरु गरिने जानकारी भट्टराईले दिए ।
सबै मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिका हलहरु ल्याएर राख्ने योजना छ । मतगणना पनि यिनै ठाउँमा हुनेछ ।
नगर विकास समितिका २ र जिससका ३ ठाउँमा मत पेटिका राखेर गन्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । नगर विकास समितिका २ हलमा २/२ खाल र जिससका ३ ठाउँमा २/२ खाल बनाइ ८ खालमा मतगणना गर्ने तयारी छ ।
मतदान सकिएको छ । तर कति मत खस्यो भन्ने जानकारी आउन बाँकी छ ।
पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एसबाट धनराज आचार्य उम्मेदवार छन् । रा्प्रपाबाट शंकर खराल मेयरको उम्मेदवार छन् । लेखक गनेस पौडेल स्वतन्त्र लगायत गरी विभिन्न दल र स्वतन्त्र मेयर उम्मेदवारको संख्या २३ छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया