मनाङको चामेमा एमालेका लोकेन्द्र घले अध्यक्षमा निर्वाचित

समाधान संवाददाता २०७९ वैशाख ३१ गते ११:३६

पोखरा ।

एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक मनाङको चामे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ०७४ को चुनाबमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए । ३२० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । गाउँपालिकामा कुल ६१० मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत ल्याए । उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भएकी छन् ।


उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो । यसपटक एमाले र कांग्रेस दुबैले आफ्नो सिट सुरक्षित गरेका छन् । पालिकाका २, ३ र ४ नम्ब वडामा नेपाली काँग्रेसले जितेको छ । एमालेले वडा नम्बर १ निर्विरोध जितेको छ भने वडा नम्बर ५ मा गोलाप्रथाबाट वडाध्यक्ष जितेको छ । वडा नम्बर १ र २ मा क्रमशः एमाले र कांग्रेसबाट वडाध्यक्षहरु निर्विरोध निर्चाचित भएका थिए । वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका कैले गुरुङ र काँग्रेसका फर्बा छिरिङ लामाले बराबर ३०–३० मत ल्याएपछि गोला तानिएको थियो ।

Advertisement


गोला तान्दा एमालेका गुरुङले जितेका छन् । उक्त वडाको वडा सदस्यमा पनि २८–२८ मत खसेपछि गोला तान्दा एमालेका वडा सदस्य समीरा गुरुङको जिते । कांग्रेसले यसपटक एक वडा जितेको छ । चामे गाउँपालिकामा कुल जनसंख्या १ हजार २७२ जना मतदाता छन् ।

Advertisement

तपाईको प्रतिक्रिया