स्याङ्जाको हरिनास १ मा कांग्रेसका गुरुङ विजयी
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते ११:२८

स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे ।
दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् । –––
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया