मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमालेको प्यानल बिजयी

जोमसोम–
प्रसिद्ध धार्मिक स्थल समेत रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल बिजयी भएको छ । वारागुङ मुक्तिक्षेत्रको वडा ४ बाहेक अन्य वडामा नेकपा एमालेले वर्चश्व कायम गरेको छ ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष जितेको पालिकामा एमालेको उम्मेदवारले ईन्ट्री गरेका छन् ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी बिजय भएका छन् । उनको प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले ५७७ मत पाउँदा २९० मतान्तरले एमाले उम्मेदवार बिजयी भएका हुन् । यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङले ७४९ मत ल्याई बिजय भईन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी उम्मेदवार धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरिन । उपाध्यक्ष पदमा एमाले उम्मेदवारले ७२ मतान्तरले बिजय भएकी हुन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा १,३ र ५ मा वडाध्यक्षसहित एमालेको प्यानल बिजय भएका छन् भने वारागुङ ५ मा कांग्रेसले वडाध्यक्ष र एक सदस्य जितेको छ । यहाँ एमालेका २ जना सदस्य बिजय भएका छन् । यस्तै ,वारागुङ मुक्तिक्षेत्र–४ मा भने नेपाली कांग्रेसले वडाध्यक्षसहितको प्यानल बिजय भएको छ ।
शुक्रबार राति देखि सुरु भएको मतगणना शनिबार दिउँसो १२ बजेसम्म ३ वटा पालिकाको मतगणना परिणाम सम्पन्न भईसकेको छ ।लोमान्थाङ र थासाङ गाउँपालिकामा मतगणना जारी छ ।








फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
ओलीको टोलीमा गण्डकीका ४ दर्जन
हाटबजार र कृषि प्रणाली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया