बेपत्ता पत्रकार खोज्न आफैं कस्सियो महासंघ

बेपत्ता पत्रकार तेजु खड्का
डोटी, एजेन्सी
बेपत्ता भएका पत्रकार तेजु खड्काको अवस्था ८ महिना पुग्दा पनि पत्ता नलागेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाले घटना अध्ययनका लागि टोली गठन गरेको छ ।
महासंघको ६४औं स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष योगेन्द्रबहादुर बलायरको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको हो ।
खड्का गत भदौ १० गते बाजुराको धार्मिक क्षेत्रको रिपोर्टिङ सकेर फर्किने क्रममा बेपत्ता भएका थिए । टोलीमा कोषाध्यक्ष अरुण बम, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली र प्रेस सेन्टर नेपाल डोटीका कार्यवाहक अध्यक्ष कर्ण चन्द छन् ।
‘घटना बेपत्ता भएको कोणबाट मात्र अहिलेसम्म अनुसन्धान गरिएको छ,’ संयोजक बलायरले भने, ‘कतै घटनाका कारणहरू अरू पनि छन् कि भनेर हामी अध्ययन गर्नेछौं,’ टोलीलाई बेपत्ता पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटनास्थलको अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया