लोमान्थाङमा काग्रेस उम्मेदवारलाई ओभरटेक गर्दै एमालेको अग्रता

जोमसोम–
उपल्लो मुस्ताङमा लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । लोमान्थाङको वडा १,२,४ र ५ नम्बर वडाको मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई उछिन्नदै अग्रता कायम गरेका हुन् ।
यसअघि २ वटा वडाको मत गणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार टसी गुरुङले ३१६ मत र उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार छिरिङ ढोका गुरुङले २५६ मत प्राप्त गरेकी थिईन् ।अध्यक्ष पदमा एमालेका उम्मेदवार टसी नर्बु गुरुङले १९२ मत र उपाध्यक्ष पदमा एमालेकी छ्युमी बिष्टले २४९ मत पाएकी थिईन् ।
तर, थप २ वटाको मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार टसी नर्बु गुरुङले ४९३ मत र उपाध्यक्षमा छ्युमी बिष्टले ४८८ मत ल्याई अग्रता लिएका हुन् ।यस्तै, कांग्रेसका टसी गुरुङले अध्यक्ष पदमा ४५७ मत र उपाध्यक्षमा ४५० मत प्राप्त गरेका छन् । अहिले अन्तिम वडा नं. ३ को मतगणना जारी छ ।
यस्तै, लोमान्थाङ–१ मा कांग्रेसले पुरै सेट जितेको छ ।वडा –२ मा एमालेले पुरै सेट जितेको छ । वडा –४ मा वडाध्यक्षसहित दुई सदस्य एमालले जितेको छ भने एक सदस्य कांग्रेसले जितेको छ ।वडा –५ मा वडाध्यक्षसहित एक सदस्य कांग्रेसले जितेको छ भने दुई खुल्ला सदस्य एमालेले जितेको छ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया