पालुङटार १ मा जसपाको प्यानल नै विजयी
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १८:२४

गोरखा ।
गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टीको प्यानल नै विजयी भएको छ ।
उक्त वडामा खसेको कुल १ हजार ९ सय १० मतमध्ये ६४८ मत ल्याउँदै जसपाका उम्मेदवार कृष्णबहादुर परियार विजयी भएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५०८ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३७० मत ल्याएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया