थासाङ : एमालेले अध्यक्षसहित १४ पद , कांग्रेसले उपाध्यक्ष सहित १३ पदमा बिजयी

थासाङमा मिश्रित परिणाम :

सुन्दरकुमार थकाली २०७९ जेठ १ गते १४:०३

जोमसोम–
मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले ईन्ट्री गरेका छन् । यद्यपी उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले बिजयी हासिल गरेको छन् ।
२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको नेपाली कांगे्रसले यसपटक भने अध्यक्ष पद गुमाउन पुगेको हो ।थासाङमा नेकपा एमालले कुल २७ पद मध्ये १४ पद आफ्नो पोल्टोमा पारेको छ । नेपाली कांगे्रसले १३ पदमा जितेको छ ।जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नेकपा एमालेका उम्मेदवार प्रदिप गौचनले ११४४ मत प्राप्त गरी अध्यक्ष पदमा बिजयी हासिल गरेका छन् ।उनका निकटत्म प्रतिद्धन्दी नेपाली कांग्रेस अध्यक्ष पदकी उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याएकी थिईन् । थासाङको अध्यक्ष पदमा एमालेका उम्मेदवार गौचनले ८९ मतान्तरले जितेका हुन् ।
यस्तै,थासाङ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १११२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकतम् प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत ल्याईन् । उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार हिराचनले ३२ मतान्तरले बिजयी हासिल गरेका छन् ।
थासाङ गाउँपालिकाको वडा ३ र ४ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ भने थासाङको वडा २ मा नेकपा एमालेको प्यानल बिजयी भएका हुन् । थासाङ १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने त्यहा अन्य सदस्य नेकपा एमालेले जीत दर्ता गराएको हो ।
योसंगै मुस्ताङको ४ स्थानीय तहमा नेकपा एमाले अध्यक्ष पद जितेको छ । कांग्रेसले घरपझोङमा मात्र अध्यक्ष पद जितेको हो । उपाध्यक्ष पदमा नेकपा एमाले ३ उपाध्यक्ष जितेको छ भने कांग्रेसले २ उपाध्यक्ष जितेको छ ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले ३ अध्यक्ष पद र २ उपाध्यक्ष जितेको थियो । एमालेले ३ उपाध्यक्ष पद जितेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया