लमजुङका १५ वडामा मतगणना सकियो, एक वडामा स्वतन्त्र विजयी

लमजुङ ।
लमजुङका कुल ७५ वडा मध्य १५ वडा मतगणना सकिएको छ । एमालेले ८ वडामा जित हासिल गरेको छ । कांग्रेसले ४ वडा जितेको छ । माओवादी केन्द्रले २ वडा जितेको छ । सत्ता गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार समेत एउटा वडामा विजयी भएका छन् ।
८ वटा वडामा एमाले, कांग्रेस ४ र माओवादी केन्द्र २ वडामा विजयी
दूधपोखरी गाउँपालिका ३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङले २ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
बेंसीसहर नगरपालिका १ मा एमालेका दुर्गाबहादुर बुढाथोकी २ मतले विजयी बनेका छन् । उनले ७ सय १९ मत ल्याए ।
सुन्दरबजार नगरपालिका १ मा एमालेका कर्णबहादुर गुरुङ ४ सय ४६ मत बटुलेर वडाअध्यक्षमा निर्वाचित भएका छन् । सुन्दरबजार नगरपालिका २ मा एमालेकै नवीनकुमार श्रेष्ठ ८ सय ८१ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
मध्यनेपाल नगरपालिका १ मा एमालेका सुदीप थापा वडाअध्यक्षमा विजयी भए । उनले ६ सय ८१ मत ल्याए । राइनास नगरपालिका २ मा एमालेका लक्ष्मण शाहीले ३ सय ८८ मत ल्याएर वडाअध्यक्षमा जिते । क्व्होलासोंथर गाउँपालिका १ मा एमालेका पेमा गुरुङ २ सय ८९ मत ल्याएर वडाअध्यक्षमा विजयी बनेका छन् । मर्स्याङ्दी गाउँपालिका १ मा एमालेका रुद्रमान गुरुङ ४ सय २२ मत ल्याएर निर्वाचित भएका छन् । दोर्दी गाउँपालिका २ मा एमालेका गणेशबहादुर खत्रीले ३ सय ९९ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भए ।
कांग्रेसका तर्फबाट सुन्दरबजार नगरपालिका ३ का उम्मेदवार अमृत न्यौपानेले ७ सय ४६ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् । मध्यनेपाल नगरपालिका १० मा कांग्रेसका रामचन्द्र भण्डारी ६ सय ५७ मत पाएसंगै विजयी भएका छन् ।
दोर्दी गाउँपालिका १ मा कांग्रेस उम्मेदवार लक्ष्मीप्रसाद अधिकारीले ६ सय ८२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । दूधपोखरी गाउँपालिका १ मा कांग्रेसका दुर्गामान गुरुङले ४ सय ८१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
माओवादी केन्द्रतर्फ राइनास नगरपालिका १ मा विष्णु पौडेलले ३ सय ५८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । दूधपोखरी गाउँपालिका २ मा माओवादी केन्द्रका अमर गुरुङले ६ सय ६८ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया