म्याग्दीको मालिकामा एमालेका बेग र लक्ष्मी विजयी
समाधान संवाददाता
२०७९ जेठ १ गते १६:१३

म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट बेग प्रसाद गर्वुजा मगर र उपाध्यक्षमा लक्ष्मी पुन विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित गर्वुजामगरले ३ हजार ९१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९७० मत र नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले २ हजार २२५ मत प्राप्त गरी पराजित भएका छन् । उपाध्यक्षमा लक्ष्मी पुनले ३ हजार १६७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पिपला बुढाले ३ हजार १३९ मत पाएका छन् ।
एमालेका गर्वुजाले वडा नम्वर ७ विममा मात्रै ४४७ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कांग्रेसका रोकाले त्यहाँ ९७ मत मात्रै पाए । वडा नम्वर ७ विममा एमालेको प्यानल नै विजयी भएको छ ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया